News Portal

  • सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. बीच सम्झौता

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०७९
    ५८८ पटक
    १९ जेठ, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।
    बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर ज्यूू र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठज्यूूले हस्ताक्षर गर्नुभयो ।
    सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्