News Portal

  • कामना सेवा विकास बैंकद्वारा उद्यमशिलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७९
    ५३७ पटक
    १८ जेठ, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ Entrepreneurship Development Program सञ्चालन गरिएको थियो । सो कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
    कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
    बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

    प्रतिकृया दिनुहोस्