News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरी बल नेपालमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७९
    ५१३ पटक
    १८ जेठ, २०७९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मङ्गलबार काठमाडौंको हल्चोकस्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।


    कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जासम्बन्धी प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पुँजीबजारसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तब्य तथा प्रहरी नायब उपरीक्षक धु्रब केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गर्नुको थियो । गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवारलगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको थियो ।
    कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक धु्रब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाईलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्