News Portal

  • नेपालमा गुड ब्रिक्स विस्तार गर्न इन्नोसियसआर र एनएमबि बैंकबीच साझेदारी

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७९
    ७५३ पटक
    १६ जेठ, २०७९

    काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी इन्नोसियसआर र एनएमबि बैंकबीच  नेपालमा गुड ब्रिक्स सिस्टमलाई प्रवर्द्धन नयाँ साझेदारी भएको छ । साझेदारीमा आज एनएमबि बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरे र इन्नोसियसआरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साम युन सुक लीले हस्ताक्षर गरेका छन् ।
    सम्झौताका अनुसार एनएमबि बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थाहरू लगायतका विभिन्न स्रोतहरूबाट गुड ब्रिक्स सिस्टम सम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्नेछ  ।
    एनएमबि बैंकले इँटा भट्ठा मालिकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणहरुद्धारा वित्तीय सहयोगहरु पनि उपलब्ध गराउनेछ ।
    गुड ब्रिक्स सिस्टम इन्नोसियसआरद्वारा गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन(फायर ईंटा उत्पादन प्रविधि हो । जयसले कडा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने इट्टाहरूका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्टबीच बाइन्डिङ गर्न सक्षम बनाउँछ ।
    गुड ब्रिक्स सिस्टमले सोइल स्टेबिलाइजर प्रयोग गरी ईंटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटाहरू उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्दछ, जसले वर्षभरि कोइला प्रयोग नगरी गुणस्तरीय इँटाहरू प्रदान गर्दछ ।

     

    प्रतिकृया दिनुहोस्