News Portal

  • नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७९
    ७५४ पटक
    १६ जेठ, २०७९

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच वित्तीय कारोवारहरु गर्ने सम्झौता भएको छ ।
    सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    उक्त समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् ।
    नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्