आर्थीकसंसार संवाददाता१४ जेठ, २०७९
१४ जेठ, २०७९ काठमाडाैं । सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ१० गते संघीय सदनलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
तीन दिन निरन्तर छलफल भएपछि नीति तथा कार्यक्रम पारित भएको हो । शनिबार दिनभर भएकाे छलफल राति सवा ८ बजे सकिएकाे हाे ।
यस अघि सांसदहरु भिमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेकाे सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्विकृत भएको छ ।