News Portal

  • बैंक अफ काठमाण्डूका ग्राहकलाई हसट्याग फुड तथा बारमा १० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७९
    ८०४ पटक
    १३ जेठ, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले हसट्याग फुड तथा बारमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी हसट्याग फुड तथा बारमा भुक्तानी गर्दा सो छुट पाउने भएका हुन् ।
    सो सम्बन्धमा बैंक र हसट्याग फुड तथा बारबीच सम्झौता भएको छ । यो सम्झौता पश्चात् ग्राहकले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशतसम्मको छुट पाउने छन् ।
    उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हसट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
    बैंकले हालसम्म ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्