News Portal

  • मेगा बैंकमा झुम्मिए लगानीकर्ता, सर्वाधिक कारोबारसँगै १० प्रतिशतले बढ्यो सेयर मूल्य

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०७९
    ८०९ पटक
    १२ जेठ, २०७९

    काठमाडौं । बिहीबारको सेयर बजारमा लगानीकर्ताहरु एकाएक मेगा बैंकको सेयरमा झुम्मिएका छन् । सो दिन लगानीकर्ताको आकर्षणसँगै बैंक विभिन्न चार शीर्षकमा अग्रस्थानमा देखिएको छ ।

    बैंक टप ट्रनओभर, टप भोल्युम, टप ट्रान्जेक्सन र टप गेनरको अग्रस्थानमा रहेको छ । बैंकको एकैदिन ५ करोड ४२ लाख रुपैयाँ छ । जसको दिनभर ८९७ पटकको कारोबारमा कूल २ लाख २५ हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जुन अन्य कम्पनीको तुलनामा सर्वाधिक हो ।
    त्यस्तै, सर्वाधिक कारोबार भएको मेगा बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २४७.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २२.५० रुपैयाँले बढी हो ।
    समग्रमा बिहीबारको सेयर मूल्य मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतले बढी हो ।
    त्यस्तै, बजारमा कूल ८८ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत शुक्रबारको तुलनामा कम हो । सो दिन अर्थात जेठ ६ गतेको बजारमा ९३ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
    बजारमा केही समूह हरिया देखिएका छन् भने केही राता देखिएका छन् । विकास बैंक, फाइनान्स, होटल्स एण्ड टुरिजम, हाइड्रोपावर र अन्य समूहबाहेक सबै समूह हरिया देखिएका छन् ।

    प्रतिकृया दिनुहोस्