News Portal

  • कामना सेवा विकास बैंकद्वारा १२ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०७९
    ४९० पटक
    १२ जेठ, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकले थप एक शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती न.पा वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
    बैंकले जोरकुलास्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
    शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

     

    प्रतिकृया दिनुहोस्