News Portal

  • रिलायन्स लाइफद्धारा ४१ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ५४४ पटक
    ११ जेठ, २०७९

    इलाम । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले इलाममा बुधबार मृत्यू दावी रकम भुक्तानी गरेको छ । बिमित प्रविण चापागाईको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रम बिच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो ।
    जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालकाका मेयर केदार थापाले सम्युक्त रुपमा सो चेक मृतककी श्रीमती सिमा चापागाइँलाई हस्तान्तरण गरेका हुन् । गत ७८ साल चैत्र महिनामा बीमा गरेका निर्माण ब्यवसायी प्रविण चापागाइँको पाँच महिनापछि मृत्यू भएको थियो । ५० लाखको बीमा गर्दा पहिलो किस्ता बापतको ४ लाख २५ हजार तिरेका उनको कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।
    कार्यक्रममा कम्पनीका प्रमुख वजार ब्यवस्थापक सूर्य पकाश गुप्ताले बीमा बचतसँगै आर्थिक जोखिम बहन गर्ने माध्यम भएको चर्चा गरे । उनले बीमा कम्पनीमा जीवन बीमा गरी आफ्नो र परिवारको आर्थिक जोखिम न्युनिकरण गर्न समेत आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बराल, इलाम नगरपालिकाका मेयर थापा, इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लप भट्टराई, निर्माण ब्यवसायी संघ इलामका उपाध्यक्ष निरोज राउत लगायतले बीमा कम्पनीले गराएको आर्थिक सहायता कार्यको प्रशंसा गरे ।
    कम्पनी इलाम शाखाका प्रवन्धक लक्ष्मण चौलागाइँले स्थानिय तहहरुले पनि कार्यक्रम निर्माण गर्दा बिमाको पहुँचमा आफ्ना नागरिक पुग्न सक्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले नागरिक प्रति उत्तरदायी बन्न सहुलियत दिने खालका कार्यक्रम ल्याउन सुझाव समेत दिए ।

    प्रतिकृया दिनुहोस्