News Portal

  • हिमालयन बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ६९१ पटक
    ११ जेठ, २०७९

    काठमाडौं । हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । यसको लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
    उक्त सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज।ब।रा। र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्