News Portal

  • एभरेष्ट बैंकको ऋणपत्र निष्काशनका लागि लक्ष्मी क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७९
    ७६६ पटक
    १० जेठ, २०७९

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ ।
    उक्त सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
    बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
    ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत दरले ब्याज भुक्तानी त्रैमासिक रुपले ३/३ महिनाको अवधिमा हुनेछ ।

     

    प्रतिकृया दिनुहोस्