News Portal

  • मुक्तिनाथ विकास बैंकले रेमिट्यान्स मुद्धतीमा १३ र व्यक्तिगतमा १२ प्रतिशत ब्याज दिने

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७९
    ६५३ पटक
    १० जेठ, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खाताहरुमा जेठ महिनाका लागि याेजना ल्याएको छ ।
    बैंकले जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ प्रतिशतको वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ प्रतिशतको वार्षिक ब्याजदर प्रदान गरेको छ ।
    यस याेजना अन्तर्गत बैंकमा न्यूनतम पाँच हजारको मुद्धती खाता खोल्न सकिने छ र त्सयमा अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्नेछन् । यस खाताबाट बचत गर्न चाहाने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

     

    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्