News Portal

  • काबेली ३ जलविद्युत आयोजनामा लगानी जुट्यो

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७९
    ८६२ पटक
    १० जेठ, २०७९

    काठमाडौं । २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजना निर्माणको लागि एनएमबि बैंकको अगुवाइमा ३ अर्ब बढी लगानी जुटेको हो ।
    सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ छ । जसमध्ये बैकहरुको ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ ऋण लगानी छ ।
    यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
    प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।

     

    प्रतिकृया दिनुहोस्