News Portal

  • शाइन रेसुङ्गाको १ लाख ८० हजार ८६६ कित्ता संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता८ जेठ, २०७९
    ६९७ पटक
    ८ जेठ, २०७९

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ८० हजार ८६६ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । कम्पनीले एशियन डिष्ट्रिब्युटर्स प्रालिको नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
    उल्लेखित शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक आवेदकहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा निवेदन पेश गर्नु पर्नेछ ।
    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्