काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र डाक्टर अन कलबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्ने सम्झौला भएको हो ।
सम्झौताअन्तर्गत फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट, नर्सिङ्ग केयरमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट, ल्याबरोटरी टेष्टमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट, डाइटिसियन सेवामा कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवामा कर्मचारी तथा संस्थापकहरूले १५ प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएको छ ।
यसका साथै, डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा समेत निःशुल्क उपलब्ध गराइने समेत कम्पनीले जनाएको छ ।
समृद्धि फाइनान्स र डाक्टर अन कलबीच विशेष छुट सम्झौता
आर्थीकसंसार संवाददाता२५ भदौ, २०७७
२५ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने