News Portal

  • सिद्धार्थ बैंक ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता७ जेठ, २०७९
    ६५१ पटक
    ७ जेठ, २०७९

    काठमाडाैं । सिद्दार्थ बैंक लिमिटेड ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो । निगमको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।
    सो निगम अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो । उक्त अवार्ड शुक्रबार का दिन एक विशेष कार्यक्रममा निगमका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरिएको हो ।
    आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त पनि गरेको छ ।
    सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैंकिङ्ग सेवा र १,५०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्