News Portal

  • समृद्धि फाइनान्सका कर्मचारी तथा ग्राहकलाई भज्जु चुल्होमा आकर्षक छुट

    आर्थीकसंसार संवाददाता४ जेठ, २०७९
    ५२९ पटक
    ४ जेठ, २०७९

    काठमाडौं । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ । सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरुलाई खाना र पेय पदार्थमा ५ हजार सम्मको बिलमा १०% र ५ हजार भन्दा माथिको बिलमा १२% छुट दिने सम्झौता भएको हो ।
    उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक बिकास सापकोटा र भज्जु चुल्होका संचालक पार्वती श्रेष्ठले हस्ताक्षर गरेका हुन् । फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
    फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्