News Portal

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट हुने

    आर्थीकसंसार संवाददाता३ जेठ, २०७९
    ७३४ पटक
    ३ जेठ, २०७९

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । यसका लागि बैंकले विमानस्थलमा पाँच वटा काउन्टर संचालनमा ल्याएको छ ।
    बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याइएको छ ।
    देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९९ शाखारहित बैंकिंङ सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्