News Portal

  • कस्तो बन्ने छ मर्जर पश्चात हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी ?

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ८९१ पटक
    १ जेठ, २०७९

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई छोटो समयमै २ अर्ब ५० करोड चुक्ता पुँजीको लक्ष्य दिएकोमा धेरै निर्जीवन बीमा कम्पनीहरु प्रेसरमा परेका छन् । त्यही कारणले अहिले बीमा कम्पनीहरुमा मर्जरको मौसम सुरु भएको छ। हालै तीन जीवन बीमा कम्पनीहरुले पनि मर्जरको सम्झौता गरेका छन् ।
    हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ। (आर्थिक वर्ष ७७/७८ मा कम्पनीले वितरण गर्ने ६ प्रतिशत बोनस शेयर पश्चात ) छ । यदी दुवै कम्पनीहरु १ बराबरको १ को स्वापमा मर्जरमा गएको अवस्थामा मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड हुन्छ । दुवै कम्पनीलाई त्यस पश्चात बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजीको लागि ३ प्रतिशत पुँजी पुग्दैन जो कम्पनीको आर्थिक वर्ष ७८/८९ को  बोनस शेयर मार्फत पुरा गर्न सम्भव देखिन्छ ।
    चालु आर्थिक वर्षको तेश्रो त्रैमासलाई आधार मान्दा मर्जर पश्चात कम्पनीको जगेडामा ५६ करोड ५ लाख, बीमा कोषमा १ अर्ब १३ करोड र महाविपत्ती जगेडामा १ करोड ९० लाख संचित हुने देखिन्छ ।
    चालु आवकै ९ महिनालाई आधार मान्दा दुवै कम्पनीले कुल २ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।  त्यस्तै यही तेश्रो त्रैमासको तथ्यांकलाई आधार  लिँदा मर्जर पश्चात कम्पनीको नाफा २१ करोड ६४ लाख, वार्षिक प्रति शेयर आम्दानी ११ दशमवल ८८ रुपैयाँ र किताबी मूल्य १७० रुपैयाँ ७१ पैसा देखिन्छ।

     

    प्रतिकृया दिनुहोस्