News Portal

  • राष्ट्रिय बीमा संस्थानको अधिकांश सूचकमा बृद्धि हुँदा जीवन बीमा कोषको आकार ३९ अर्ब

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७९
    ५८२ पटक
    २९ वैशाख, २०७९

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको अवधिसम्ममा आइपुगदा संस्थानको अधिकांश सूचक बढेका छन् ।
    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ७७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ दशमलव ४३ प्रतिशतले बढी हो ।
    समिक्षा अवधिमा कम्पनीले ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव १५ प्रतिशतले बढी हो ।गत आर्थिक वर्षको सोही अवधिमा संस्थानले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १४ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमीशनामा खर्च गरेको छ ।
    हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० रुपैयाँ हजार रहेको छ । जगेडा कोषमा ३९ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै, जीवन बीमा कोषमा ३९ अर्ब रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ४४ करोड रुपैयाँ बीमा कोषमा राखेको थियो ।
    यस अवधिसम्ममा संस्थानले १ अर्ब १२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थि कवर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।

    प्रतिकृया दिनुहोस्