News Portal

  • नबिल बैंकले कर्मचारीको छोराछोरीलाई दियो दुई लाखको छात्रवृति

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७९
    ५३३ पटक
    २७ वैशाख, २०७९

    काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीहरुकाे छाेराछाेरीलाई दुई लाखकाे छात्रवृति दिएकाे छ ।
    बैंकले पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट कर्मचारी परिवारको लागि सुरु गरेकाे ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ अन्तर्गत दुई लाखकाे छात्रवृति दिएकाे हाे ।
    स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आएका थिए ।
    यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार छाेराछाेरीकाे नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको जनाएकाे छ ।
    मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । बैंककाे अनुसार पुरस्कारको रकम ५० हजार प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने छ ।

     

    प्रतिकृया दिनुहोस्