News Portal

  • एनसीसी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ वैशाख, २०७९
    ५५८ पटक
    २५ वैशाख, २०७९

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा सागाचोकगढी–७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नुपर्ने । ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुतिमार्फत प्रष्ट पार्नुभयो ।
    दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णीकारले बैंकको इतिहास बताउँदै वित्तीय साक्षरतातर्फ अग्रसर बन्नुपर्ने कुरामा जोड दिँदै बैंकले दिइरहेको सेवा सुविधासम्बन्धी जानकारी गराउनु भयो ।
    सयजनाभन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागी भएका थिए । सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी बचत, ऋण, बीमा, शेयरलगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक गिरीले अहिले चौतारा शाखाले १० हजार औषधी बीमा सुविधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउँदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताउनु भयो । त्यसैगरी नेपाल राष्ट्र बैंको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबद्ध रहेको कुरामा थप प्रष्ट पार्दै उहाँले सहभागीहरुलाई धन्यवाद गर्नुभएको हो । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संसथाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले संचालन गर्नुभएको थियो ।
    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्