News Portal

  • महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ वैशाख, २०७९
    ७३४ पटक
    २५ वैशाख, २०७९

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारणसभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाडौंस्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गर्नुभएको थियो । कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गर्नुभएको सभामा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो ।
    सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पुँजी र जारी पुँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पुँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पुँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि सञ्चालक समितिको निर्णयअनुसार पुँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पुँजी बृद्धि गर्ने सहमति लिएर विशेष साधारणसभा आह्वान गरेको थियो । सभाको अन्तमा सञ्चालक सुरेश सापकोटाले विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो ।

    पुँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशनपछि चुक्ता पुँजी ५०० करोड पुर्याउने उद्देश्यले विशेष साधारणसभा सम्पन्न भएपश्चात बसेको सञ्चालक समितिको ५८औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मिलित तीन सदश्यीय मर्जर कमिटी गठन गरेको जानकारी गराउन चाहन्छौं ।

    प्रतिकृया दिनुहोस्