आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
२२ वैशाख, २०७९काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरेको छ ।
यससँगै एनएमबी बैंकको ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ ।
एनएमबी बैंकले देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।