News Portal

  • एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटिमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
    ७०७ पटक
    २२ वैशाख, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने भएका छन् । महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको हो ।
    समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।
    समझदारी अनुसार बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो ।

    प्रतिकृया दिनुहोस्