काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।
सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि रु. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गर्नुभएको छ ।
२३ वैशाख २०७९, शुक्रबारका दिनदेखि सुरु हुने यो सिमित समयको अफर हो, जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा ध्भद ऋजभअपयगत मा ३०% देखि रु. ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा क्ःब्च्त् त्तच् मार्फत पनि भुक्तानी गर्न सक्नुहुनेछ ।
उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले “आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । साथै गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्रले “आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु” भन्नु भयो ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः
झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवंम जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।
गोल्डस्टारको बारेमाः
गोल्डस्टार वास्तविक सामग्री र आधुनिक प्रविधिबाट बनेको बलियो ब्रान्ड हो । गोल्डस्टार अहिले नेपाल र भारतभर बिक्री भइरहेको छ र विस्तारै पश्चिम देशहरुमा पनि यसको लोकप्रियता बढ्दै गएको छ । स्थापनाकालदेखि नै गोल्डस्टारले आफूलाई नेपालको सबैभन्दा ठूलो जुत्ता उत्पादन गर्ने समूहको रूपमा स्थापित गरेको छ ।
आइएमई पे र गोल्डस्टारवीच सम्झौता
गोल्डस्टार जुत्तामा ३०% देखि रू. ३०० सम्मको छुट
आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
२२ वैशाख, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने