News Portal

  • सेञ्चुरी बैंकको ऋणपत्र निष्काशन खुला, साढे १० प्रतिशत व्याज पाइने

    आर्थीकसंसार संवाददाता२१ वैशाख, २०७९
    ७१३ पटक
    २१ वैशाख, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (बैशाख २१ गते) देखि १० वर्षे ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।
    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २२ लाख कित्ता ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक साढे १० (अर्थात १०.५०) प्रतिशत ब्याज पाइने छ ।
    निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिनेमध्ये १० हजार कित्ता सामुहिक लगानी कोषलाइए बाँडफाँड गरि सकेको बैंकले जनाएको छ ।
    सो ऋणपत्र खरिदका लागि इच्छुकले छिटोमा बैशाख २५ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्ने छ । यससँगै लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट न्युनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
    बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्