News Portal

  • एनएमबि बैंकका भिसा कार्डवाहक ग्राहकलाई योयो जिपलाईनमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२१ वैशाख, २०७९
    ७२२ पटक
    २१ वैशाख, २०७९

    काठमाडौं । एनएमबि बैंकले योयो जिपलाईनसँग ग्राहकलाई छुट प्रदान गर्न सम्झौता गरेको छ ।
    बैंकले आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा बैंकका ग्राहकलाई छुट प्रदान हुने गरी योयो जिपलाईनसँग सम्झौता गरेको हो ।
    बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिसा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र योयोका तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्