काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो विर्तामोड शाखा स्थानान्तरण गरेको छ । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुत्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण गरेको हो ।
एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरण
आर्थीकसंसार संवाददाता२० वैशाख, २०७९
२० वैशाख, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने