News Portal

  • पूर्वी रुकुममा रिलायन्स लाइफको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७९
    ६९६ पटक
    १९ वैशाख, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी रुकुममा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ अन्तर्गत सञ्चालन गरिएको हो । समितिले प्रत्येक बीमा कम्पनीलाई बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम गर्न जिल्ला विभाजन गरिएको थियो ।
    नेपालगंजका एरिया म्यानेजर रुद्र प्रसाद अधिकारीका अनुसार सो कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमले बीमा सम्बन्धी जनचेतना बढाउनेमा कम्पनी विश्वास राखेको छ ।
    साथै, बीमा समितिको यस महत्वपूर्ण कार्यक्रमले सर्वसाधारणमा बीमाको महत्व बढाउने र बजारमा बीमा सम्बन्धी रहेको नकारात्मक भ्रमहरु हटाउन मद्दत गर्ने अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्