News Portal

  • एनआईबिएल सहभागिता फण्डको एजेन्टमा सम्पन्न क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७९
    ६६१ पटक
    १९ वैशाख, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ । योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेड लाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे हो ।


    यसअघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरुमार्फत हुँदै आइरहेको छ ।
    विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५% र दोस्रो आर्थिक वर्षमा ५०% नगद लाभांश प्रदान गरिसकेको छ । यस योजनामा लगानी गर्न लगानीकर्ताहरुले क्यापिटलको वेवसाईट (www.niblcapital.com) मा गई विद्युतीय प्रणाली मार्फत पनि लगानी गर्न सक्दछन् भने भुक्तानीको लागि Esewa, Khalti, Connect IPS, Thaili र Nepal Investment Bank Ltd को E-Banking प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताहरुले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना (Systematic Investment Plan) मार्फत दर्ता भई नियमित रुपमा पूर्व निर्धारण रकम लगानी गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

    प्रतिकृया दिनुहोस्