धुलिखेल । सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले बैंकिङ सुविधाबारे जानकारी गराउन भन्दै काठमाडौ विश्व विद्यालयमा बैकिङ प्रदर्शनी गरेको छ ।
काठमाडौं विश्व विद्यालय सिभिल ईञ्जिनियरिङ विभागको सहकार्यमा काठमाडौ विश्व विद्यालय आर्किटेक्चर क्लवले आयोजना गरेको विशेष कार्यक्रममा बैंकले व्यवसाय प्रवर्द्धनको लागि बैकिङ प्रदर्शनी गरेको हो । प्रदर्शनीमा वित्तीय साक्षरतासहित विश्वविद्यालयका विद्यार्थीहरूलाई बचत खाता खोल्ने सुविधासमेत दिइएको थियो ।
काठमाडौ विश्व विद्यालयको सम्बन्धन प्राप्त आर्किटेक्चर विषयमा अध्ययन गराउने नेपाल भरिका क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम करिब दुई हजार जनालेअवलोकन गरेका थिए ।
बैंकले प्रदर्शनीमा हालै मात्र सञ्चालनमा ल्याएको शताब्दी बचत खाता तथा यही वैशाख २१ गतेदेखि २५ गतेसम्म बिक्री गर्न लागेको १०.५ प्रतिशत ब्याज प्रदान गर्ने सेञ्चुरी डिबेञ्चर २०८८ को समेत जानकारी गराइएको थियो ।
बैंकले देशभर १३३ शाखा, दशवटा एक्सटेन्सन काउन्टर, २४ वटा शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।