News Portal

  • सिटिजन्स बैंकले १८ हजार ८४३ कित्ता संस्थापक शेयर विक्री गर्ने

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७९
    ५४७ पटक
    १६ वैशाख, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १८ हजार ८४३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले कृष्ण प्रसाद घिमिरेको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
    शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्नुपर्नेछ ।
    उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्