News Portal

  • एशियन लाइफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७९
    ६४२ पटक
    १५ वैशाख, २०७९

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।
    उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत (१ करोड ५२ लाख कित्ता सेयर) र सर्वसाधारणको ४० प्रतिशत (एक करोड कित्ता सेयर ) स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ७० र ३० प्रतिशत रहेको थियो ।

    प्रतिकृया दिनुहोस्