News Portal

  • एकैदिन नबिल बैंकको १४ नयाँ शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७९
    ६५५ पटक
    १५ वैशाख, २०७९

    काठमाडौं । नबिल बैंकले बिहीवार धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।
    आज आयोजित उद्घाटन कार्यक्रमका बीच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष पेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका-५ का वडाध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक संचालक श्रीमती आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतगणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद चापागार्इँले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरे ।
    बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्