News Portal

  • कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या ३०० पुग्यो

    आज ९७९ संक्रमित थपिए

    आर्थिकसंसार संवाददाता२२ भदौ, २०७७
    ८३५ पटक
    २२ भदौ, २०७७

    काठमाडौं । पछिल्ला २४ घण्टामा देशभर ९ सय ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
    यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १ सय ९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६ सय ७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
    आज ९,२ सय १८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५ सय ६३ जनाको पीसीआर परीक्षण भएको छ ।
    यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३०० पुगेको छ ।
    काठमाडौं उपत्यकामा सोमबार ३ सय २६ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जसमा काठमाडौंमा २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा देशभर ९ सय ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्