News Portal

  • सिवाईसी नेपालको आइपीओ बाँडफाँड

    ३६ हजार ९ सय ४८ जनाले १० कित्ता पाउँदा भाग्यमानी ८ जनाले पाए ११ कित्ता

    आर्थीकसंसार संवाददाता१५ बैशाख, २०७९
    ९१० पटक
    १५ बैशाख, २०७९

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज नक्साल स्थित क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।
    क्यापिटलका अनुसार आइपीओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जसमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरिएको छ ।
    जसअनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । जसमध्ये ८ जनाले थप १ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ ।
    कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।
    कम्पनीको आईपीओले एनपी डबल बी माइनस रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।
    हाल संस्थापक समुहको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको चुक्तापूँजी ८ करोड २१ लाख ८ हजार रहेको छ । कम्पनीमा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुको पूँजी लगानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्