News Portal

  • ज्योति लाइफद्धारा चितवन क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७९
    ६५३ पटक
    १४ वैशाख, २०७९

    चितवन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन-हेटौडा-नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न गरेको छ । उक्त बैठक कम्पनीका तालिम बिभाग प्रमुख उत्तम आचार्यको प्रमुख आतिथ्यता र एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
    सो अवसरमा बिभागिय प्रमुख आचार्यले जीवन बीमा ब्यबसायमा सफल हुने तरिका, नेपाली बीमा बजारमा ज्योति लाइफको अवस्था र विशेषता लगाएतका बारे प्रकाश पारेका थिए ।
    त्यस्तै एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने चितवन शाखा प्रबन्धक मुकुन्द भुसालले कार्यक्रमलाई सहजीकरण गरेका थिए । कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर प्रेम ढकाललाई सम्मान समेत गरिएको थियो ।
    उक्त अवसरमा कम्पनीको कावासोती शाखा प्रमुख गगन कुमार न्यौपाने, मनहरी उपशाखाका इन्चार्ज इश्वर सुवेदी, चितवन र हेटौडा शाखाका सेल्स एक्ज्युकेटिभहरु क्रमश संजय पुडासैनी र सपना राजथला लगाएत २० जना एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्