News Portal

  • लाइफ इन्स्योरेन्स कर्पोरेशनका उत्कृष्ट १६ अभिकर्ता सम्मानित

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७९
    ९०८ पटक
    १४ वैशाख, २०७९

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सको चावहिल शाखाले वैशाख १३ गते एक कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
    १६ जनामध्ये पनि अभिकर्ता तीर्थप्रसाद पौडेलले थप उत्कृष्ट काम गरेको चावहिल शाखाका एजेन्सी म्यानेजर पुरुषोत्तम पौडेलले बताए । उनका अनुसार अभिकर्ता पौडेलले हालै मात्रै अर्थात तीन महिनाको अवधिभित्रै ‘एमडीआरटी २०२३’ पनि प्राप्त गरिसकेका छन् ।
    एजेन्सी म्यानेजर पौडेलले आफ्नो टीममा काम गर्नेहरुमध्ये उत्कृष्ट काम गर्नेलाई टोकन अफ लभसहित सम्मान गरेका हुन् । उनले आफ्नो टीममा काम गर्नेहरुमध्ये उत्कृष्ट काम गर्नेलाई ‘टोकन अफ लभ’सहित सम्मान गरेका हुन् । अभिकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले र उनीहरुमा रहेको उत्साहको कमी हुन नदिन यो कार्यक्रम आयोजना गरेको पौडेलले बताए ।
    हाल पौडेलको टीममा एकसयभन्दा बढी अभिकर्ता रहेका छन् । जसमध्ये ४६ जना अभिकर्ताहरु सक्रिय छन् र तीमध्ये १६ जना सम्मानित भएका हुन् ।
    त्यस्तै, अभिकर्ताहरुलाई काम गर्नमा थप उत्प्रेरणा जगाउने किसिमका कार्यक्रममा कम्पनीले जोड दिने पौडेलले बताए ।
    ‘हामीले अहिले टप एजेन्टहरुलाई सम्मान गरेका हौं, अबका दिनमा एक्टिभ एजेन्ट लगायत नयाँ बन्न चाहनेलाई पनि उत्प्रेरित गर्ने किसिमका कार्यक्रमलाई निरन्तरता दिने छौं, जसले गर्दा अभिकर्तामा जोस र जाँगरको कमी नहुने र कम्पनीलाई पनि राम्रो हुने विश्वास छ,’ पौडेलले भने ।
    कार्यक्रममा अथितिको रुपमा मार्केटिङ्ग प्रमुख ममता पौडेल र चावहिल शाखाका शाखा प्रमुख उमेश उप्रेतीको उपस्थिति थियो ।

     

    प्रतिकृया दिनुहोस्