News Portal

  • सन् नेपाल लाइफको सञ्चालकमा चार जना निर्वाचित

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०७९
    ६६५ पटक
    १० वैशाख, २०७९

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित भएका छन् । इन्स्योरेन्सको वार्षिक साधारणसभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने अनुज क्याल, सशांक अग्रवाल, किरण केसी र नारायण रुगटालाई निर्विरोध निर्वाचित गरेको हो ।
    कम्पनीको चौथो वार्षिक साधारणसभा बैशाख ९ गते शुक्रबार, हायात प्लेस, ताहाचल, काठमाडौंमा सम्पन्न भएको थियो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाहलगायत वित्तीय विवरण प्रतिवेदन पारित गरेको थियो ।
    साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक सुशील एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशील घिमिरे –एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीको पुँजी बृद्धि गर्नेलगायत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्