News Portal

  • नेशनल लाइफले टार्गेट पुरा गर्ने अभिकर्तालाई बर्दिया राष्ट्रिय निकुञ्ज र सुकुटे बीचमा र्याफ्टिङ् गराउने

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७९
    ७६५ पटक
    ८ वैशाख, २०७९

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ता बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण र सुकुटे बीचमा र्याफ्टिङ्का लागि लैजाने भएको छ ।
    बैशाख महिनामा न्युनतम ५ लाख रुपैयाँ भन्दा माथि प्रथम बीमा शुल्क आर्जन गर्नेलाई बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण वा सुकुटे बीचमा र्याफ्टिङ्का लागि लैजाने छ । त्यस्तै न्युनतम २५ हजार रुपैयाँदेखि एक लाख ७० हजार रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गर्ने मध्ये २५ जनालाई गोलाप्रथाबाट भ्रमण वा र्याफ्टिङ्मा लैजाने छ । जसमा न्युनतम २५ हजार रुपैयाँ आर्जन गर्नेलाई तीन वटा कुपन दिनेछ । त्यस्तै ५० हजार रुपैयाँ आर्जन गर्नेलाई ५ वटा कुपन, ७५ हजारलाई ८ वटा र एक लाखलाई १० वटा र एक लाख ७० हजारलाई १५ वटा कुपन दिनेछ । यसरी कुपन प्राप्त गर्ने मध्ये २५ जना भ्रमणमा जान पाउने छन् ।
    तीन लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले डायरी, एक्सरसाइज साइकल र थप २ हजार नगद पाउने छन् । कम्पनीले बीमा शुल्क आर्जनका आधारमा विभिन्न सुविधा दिने जनाएको छ । अधिकतम १२ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्तालाई डायरी तथा आफ्ना परिवारका सदश्यलाई समेत भ्रमणमा लैजान सक्ने छन् । यो स्किम बैशाख एक गतेदेखि ३१ गतेसम्मका लागि मात्रै लागु हुनेछ ।

    प्रतिकृया दिनुहोस्