News Portal

  • ‘मूल्य वृद्धि निर्देशिका भाग–२’ ल्याउन निर्माण व्यवसायी महासंघको माग

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७८
    ६७८ पटक
    ८ वैशाख, २०७८

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीहरूमा अप्रत्यासित रूपमा मूल्य बढेको भन्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेको छ ।
    बिहीबार महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रूपमा मूल्य वृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए ।
    यसभन्दा अगाडि २०६५ सालमा अत्यधिक रुपमा मुल्यवृद्धि हुँदा मुल्यवृद्धि निर्देशिका भाग –१ जारी गरिएको थियो।  निर्माणको गतिविधि अगाडि बढाउने हो भने नेपाल सरकारले मुल्यवृद्धि निर्देशिका भाग–२ जारी गर्नुपर्ने महासंघको माग छ ।
    महासंघले बिहीबार बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो । विगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले विरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।
    यसैगरी, बीमा सम्बन्धी निर्देशिका–२०७८ लगायतका व्यवस्था सच्याउन माग गर्दै बीमा समितिको कार्यालयमा समेत उनीहरुले धर्ना दिएका छन् ।
    बीमा समितिको कार्यालयमा भएका धर्ना कार्यक्रमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सहभागिता जनाएको छ ।
    धर्ना कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बीमा समितिको बलजफ्ति रबैयाले आफूहरूलाई आन्दोलन गर्न बाध्य पारेको बताए । उनले ऊर्जा र निर्माण ब्यबसायलाई चौपट पार्ने उक्त निर्देशिका खारेज नभएसम्म आन्दोलन निरन्तर जारी रहने प्रष्ट पारे ।
    भौतिक पूर्वाधार निर्माणमा गम्भीर रुपमा बाधा उत्पन्न गर्दै मुलुकको आर्थिक समृद्धिको गतिलाई नै ठप्प पार्ने उक्त निर्देशिका खारेजीको लागि इप्पन र एफक्यानले निर्देशिका जारी भएदेखिनै बीमा समितिको ध्यानाकर्षण गराउँदै आएका थिए ।

     

    प्रतिकृया दिनुहोस्