News Portal

  • कामना सेवा विकास बैंकको आठौं शाखारहित बैंकिङ सेवा विस्तार

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७८
    ९५३ पटक
    ८ वैशाख, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
    पौडेल इलेक्ट्रिक पसललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी र वडाअध्यक्ष चन्द्रमणि पौडेलले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।


    कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषी राम पुरीर मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुहरि बास्तोला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो ।
    शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

     

    प्रतिकृया दिनुहोस्