News Portal

  • नाफामा सिभिल बैंकको छलाङ, ७९.९० प्रतिशत नाफा बढाएर अर्ब क्लब नजिक

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७९
    ६२३ पटक
    ७ वैशाख, २०७९

    काठमाडौं । सिभिल बैंकले नाफा उल्लेख्य पमा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमम ७९.९० प्रतिशतले नाफा बढाएको हो ।
    सार्वजनिक अपरिष्कृत वित्तीय विवरणका अनुसार सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म ९० करोड ९१ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड २५ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो ।
    बैंकले ९ महिनामा २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा ४२ करोड ६८ लाख रुपैयाँ छ ।
    ९ महिनामा बैंकले ५ अर्बको कर्जा विस्तार गरेर ८३ अर्ब ९३ करोड रूपैयाँ पु¥याएको छ । यसबीचमा निक्षेप २ अर्बले बढेर ९० अर्ब ७० करोड रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।
    नाफा बढेपछि चैत मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी दोब्बरभन्दा बढीले विस्तार भएको छ । बैंकको ईपीएस ५.८१ रूपैयाँबाट बढेर १३.२८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १२७.५२ रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको खराब कर्जाको दर झन् घटेर ०.९९ प्रतिशत मात्र छ ।

     

    प्रतिकृया दिनुहोस्