News Portal

  • काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बिच सहकार्य

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७९
    ५९४ पटक
    ७ वैशाख, २०७९

    काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबिच आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।
    कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौं । वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।”
    भण्डारी आफैं पनि युवा उद्यमी हुनु भएकोले समय–समयमा यस्ता साझेदारीहरु गरिरहनुपर्ने विश्वास राख्नुहुन्छ ।
    काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो, जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडदै फोहोर सङ्कलन गर्नु पर्नेहुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।
    सामाजिक कार्यकर्ता के.पी. खनाल भन्नुहुन्छ, “यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु । एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो शहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्छ ।
    यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । यहि वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट शुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।
    नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुदै आएको छ र यो वर्ष काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने उद्धेश्य लिएको छ । मुख्यतया युवाहरु कार्यरत यस संस्थाका कर्मचारीहरु समाज र वातावरण प्रति सकारात्मक योगदान पुर्याउन प्रतिवद्ध छन् ।

    प्रतिकृया दिनुहोस्