News Portal

  • नाफा १८३.५९ प्रतिशतले बढाएर सेञ्चुरी बैंक अर्ब क्लबमा प्रवेश, अन्य सूचकमा पनि छलाङ

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०७९
    १००२ पटक
    ६ वैशाख, २०७९

    काठमाडौं । सेञ्चुरी बैंकले नाफामा छलाङ मारेको छ । चालु आर्थिक वर्ष २०७८/७९को तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढाएर बैंक अर्ब क्लबमा प्रवेश गरेकाे छ ।
    गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको हो ।
    यस्तै, बैंकको खुद व्याज आम्दानी पनि ११.६६ प्रतिशतले बढेको छ । बैंकले चालु आबको तेस्रो त्रैमाससम्म कुल २ अर्ब १४ करोड १६ लाख ८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा कुल १ अर्ब ९१ करोड ७९ लाख ७ हजार रुपैयाा खुद व्याज आम्दानी गरेको थियो ।
    बैंकको प्रतिशेयर आम्दानी १४.१७ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ छ ।
    यस्तै, बैंकको जगेडा कोष पनि ३५.१९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ अर्ब ३२ करोड ४६ लाख ६४ हजार रुपैयाँको जगेडा कोष रहेकोमा चालु आबको तेस्रो त्रैमाससम्म कुल १ अर्ब ७९ करोड ८ लाख ९१ हजार रुपैयाँको जगेडा कोष कायम भएको छ ।
    बैंकले कुल ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आ‍बको तुलनामा बैंककाे कर्जा लगानी ११.४५ प्रतिशतले बढेको छ ।
    सेञ्चुरी बैंकको खराब कर्जा पनि १.३६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म २.६० प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आबको चैत मसान्तसम्म १.६० प्रतिशत कायम भएको हो ।
    तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२४.१६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ । बैंकको सीडी रेसियो ९३.५७ प्रतिशत छ ।
    यस्तै, बैंकको चुक्त पुँजी पनि बढेको छ । गत आबको सोही त्रैमाससम्मको तुलनामा बैंककाे पुँजी ५.७४ प्रतिशतले बढेको छ । गत आबको तेस्रो त्रैमाससम्म कुल ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको चालु आबको चैत मसान्तसम्म भने कुल ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ पुगेको छ । बैंकका अन्य सूचकमा पनि सुधार हुँदै गएकाे देखिन्छ ।

     

    प्रतिकृया दिनुहोस्