News Portal

  • नेपाल फाइनान्सको २९औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता४ वैशाख, २०७९
    ८१३ पटक
    ४ वैशाख, २०७९

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए ।
    सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षक नियुक्तिगर्ने निर्णय पारित गरेको छ ।
    सभाले आगामी चार वर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये संस्थापक समूहबाट हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट लक्ष्मी महर्जन निर्वाचित भएका छन् ।
    त्यसैगरी सोही सभाले विशेष प्रस्तावअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्नेर गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्