News Portal

  • सेञ्चुरी बैंकको शताब्दी बचत खातामा उच्चतम ब्याज र बीमाको सुविधा

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०७९
    ७७७ पटक
    २ वैशाख, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु. १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।
    शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।
    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्