News Portal

  • गरिमा विकास बैंकका ग्राहकलाई पोखरा बाटिकामा छुट

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७८
    ६५६ पटक
    ३० चैत्र, २०७८

    काठमाडौं । नयाँ वर्षमा आन्तरिक पर्यटक प्रवर्द्धनका लागि गरिमा विकास बैंकले ‘पोखरा बाटिका–क्लासिक होटल’सँग विभिन्न सेवा सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ ।
    गरिमाले आफ्ना ग्राहकहरूलाई थप सुविधाहरू प्रदान गर्नका लागि पर्यटकीय स्थल पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’सँग सम्झौता गरेको जनाएको छ ।
    उक्त सम्झौताअनुसार होटलका रुममा २० प्रतिशतसम्म छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको व्यवस्था गरिएको छ ।
    बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरूले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने जानकारी दिएको छ ।
    हाल गरिमा विकास बैंकले ११८ शाखा,दुई एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्